०३ असार २०८३, बुधबार

सोनामको ‘विन्टर सेल अफर’ :  ७० प्रतिशतसम्म छुट

सोनामको ‘विन्टर सेल अफर’ :  ७० प्रतिशतसम्म छुट

व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने सामाग्रीको ब्राण्ड सोनामले विन्टर सेल अफर सार्वजनिक गरेको छ । 

चैत १ गतेदेखि चैत १७ गतेसम्मका लागि सोनामले यस्तो अफर सार्वजनिक गरेको हो । 

यस योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ ।

यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । 

विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ । 

सोनम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् । 

काठमाडौंको ठमेलस्थित क्वाबहाल, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिबुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, नाम्चे तथा पोखराको लेकसाइड र न्युरोडमा सोनमका शोरुम छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्