२२ असार २०८३, सोमबार

एमाले केन्द्रीय समितिको बैठक आज पनि बस्दै

एमाले केन्द्रीय समितिको बैठक आज पनि बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बिहीबार पनि बस्दैछ । बुधबारदेखि सुरु भएको बैठकको पहिलो दिनमा सातै प्रदेशका इन्चार्जहरुले रिपोर्ट पेश गरेका थिए भने अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गरेका थिए । 

आजको बैठकमा भने स्थानीय निर्वाचनको घोषणापत्र केन्द्रित छलफल हुने भएको छ  निर्वाचन रणनीतिसँगै उम्मेदवार चयनको मापदण्डबारे पनि छलफल हुने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

यस्तै, अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुने छ । 
 

salt training

कमेन्ट गर्नुहोस्