
नेपालकै सबै भन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै “सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात” योजना सार्वजनिक गरेको छ
यस स्कीम अन्तर्गत अब ग्राहकहरूले सी.जी. ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरूको खरिदमा ४९ हजार ९ सय रुपैयाँसम्मको आकर्षक क्यास ब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
उक्त स्कीम अन्तर्गत ग्राहकहरूले सी.जी. ब्राण्डका ५५ इन्च वा सो भन्दा माथिका टि.भी.को खरिदमा ५ हजार १९० रुपैयाँबराबरको आकर्षक सी.जी.को स्पीकर र ५० इन्च सम्मका टि.भी.को खरिदमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन् ।
त्यसैगरी “मल्टी डोर साईड बाइ साईड रेफ्रिजेरेटरहरूको खरिदमा ४ हजार ६४० रुपैयाँ बराबरको आकर्षक सी.जी.को इन्डक्सन चुल्हो प्राप्त गर्नेछन् ।
सी.जी. ब्राण्डका डबल डोर रेफ्रिजेरेटरको खरिदमा भने १ हजार ५५० रुपैयाँ बराबरको सी.जी. भ्याकुम फ्लास्क” र सिङ्गल डोर रेफ्रिजेरेटरको खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्नेछन् ।
यसैगरी, सी.जी. ब्राण्डका फ्रन्टलोड वाशिङ मेशिनहरूको खरिदमा ६ के.जी एरियल पाउडर, सेमी अटोमेटिक तथा टप लोडिङ वाशिङ मेशिनको खरिदमा २ के.जी एरियल पाउडर र स्टीम वाश डिशवाशरको खरिदमा डिशवाशर किट प्राप्त गर्नेछन् ।
सी.जी. ब्राण्डका मल्टी मिडिया, साउन्ड बार र ट्रली जस्ता अडियो सिस्टमका खरिदमा आकर्षक क्यास ब्याक र माइक्रो ओभनको खरिदमा ग्राहकहरूले खाना पकाउने आकर्षक सामाग्रीहरू प्राप्त गर्ने छन् ।
यो स्कीम अन्तर्गत सी.जी. ब्राण्डका फ्लोर स्ट्यान्डिङ/ सिलिङ क्यासेट/ स्प्लीट वाईफाई इन्भर्टर एसीका खरिदमा ४०००/– बराबरको निःशुल्क जडान सेवा र चेस्ट फ्रिजर, एयर कुलर, भ्याकुम क्लीनरका खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्ने छन् ।
यो आकर्षक योजना कम्पनीले यही चैत १० गते देखि देशभरमा सिमित अवधिका लागि लागू गर्ने कम्पनीले जनाएको छ ।