२३ असार २०८३, मंगलबार

भारतसँग ३८ रुपैयाँ युनिटमा बिजुली किन्दै प्राधिकरण, घाटा खाएरै भएपनि लोडशेडिङ हुन दिँदैनौँः कुलमान

भारतसँग ३८ रुपैयाँ युनिटमा बिजुली किन्दै प्राधिकरण, घाटा खाएरै भएपनि लोडशेडिङ हुन दिँदैनौँः कुलमान

बिजुली आपूर्तिमा समस्या हुँदा नेपालले भारतसँग किन्ने बिजुली प्रति युनिट ३८ रुपैयाँ पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार विश्वब्यापी मन्दीका कारण आपूर्ति कम हुँदा आज राती १२ बजेबाट प्रति युनिट भारु २० पर्दै छ ।

यसले गर्दा नेपालले किन्ने लागत ३८ रुपैयाँ पुग्ने प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।

प्राधिकरणले भारु २० मा लागत समेत जोडेर ३८ रुपैयाँ प्रति युनिटमा विद्युत खरिद गर्न लागेको हो । 

यसअघि नेपालले भारतसँग २ देखि ६ भारुमा विद्युत किन्ने गरेको थियो । रुस र युक्रेन युद्धपछि बिजुली खरिद महङ्गो परेको उनले जानकारी दिए ।

प्राधिकरणले बिहीवार पत्रकार सम्मेलन आयोजना गरेरै प्रस्ताव नै नपर्दा नेपालले किन्ने बिजुली महङ्गो परेको जानकारी दिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजोसम्म १२ भारुमा प्रस्ताव हाल्दा पनि प्रस्ताव नपरेको बताए ।

 उनले आजबाट २० भारुमा विद्युत किन्ने भएपछि आजबाट आपूर्ति सहज हुने बताए ।

घिसिङले बजारमा लोडसेडिङ हुन्छ कि भन्ने आशंका भएको बताउँदै तर लोडसेडिङ नहुने स्पष्ट पारे ।

उनले भने,' प्राधिकरणले घाटा खाएरै भएपनि विद्युत ब्यवस्थापन मिलाउँछौँ ।'

यो अबस्था रहिरहे प्राधिकरणलाई एक महिनामै ८ अर्ब घाटा हुने घिसिङले बताए ।

salt training

कमेन्ट गर्नुहोस्