२० असार २०८३, शनिबार

कलंकीमा कारले दियो मोटरसाइकल र स्कुटरलाई ठक्कर, ६ जना घाइते

कलंकीमा कारले दियो मोटरसाइकल र स्कुटरलाई ठक्कर, ६ जना घाइते

काठमाडौंको कलंकीमा कारले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।

बिहीवार दिउँसो कलंकी मन्दिरबाट कलंकी चोकतर्फ जाँदै गर्दा कारले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ६ जना घाइते भएका हुन् । 

 घाइते ६ जनाको सहित मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नुवाकोट घर भई कलंकी १४ मा बस्दै आएका भाइकृष्ण सिटौलाको दुवै खुट्टा भाँचिएको छ भने टाउको र दुवै आँखामा चोट लागेको छ ।

यस्तै चन्द्रागिरी नगरपालिका १४ नैकापमा बस्ने ४२ वर्षीय अच्युत कार्की, काठमाडौं तारकेश्वर नगरपालिका ३का ५२ वर्षीय चन्द्र बहादुर लिम्बु, तारकेश्वर ३ का ३६ वर्षीय देवराज फुयाल, कैलाली घर भई अहिले काठमाडौंको नयाँ बजार बस्दै आएका २६ वर्षीय महेश जैसी र ओखलढुंगाकी २६ वर्षीय मनिशा कार्कीको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्