
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका ५ जना अधिकृतहरु तथा सशस्त्र प्रहरी उपरीक्षक पदमा अबकास पुर्व विषेश बढुवा
भएका १ जना अधिकृतलाई दर्ज्यानी चिन्ह दिएका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा बिहीवार आयोजित बिशेष समारोहमा उनीहरूलाई महानिरीक्षक खनालले दर्ज्यानी चिन्ह दिएका हुन् ।
कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले पदोन्नति वृत्तिविकासको महत्वपूर्ण पाटो रहेको चर्चा गर्दै उनीहरुले संगठनमा रहेर प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा पु¥याएको योगदानको कदर गर्दै सरकार तथा संगठनले पदोन्नति गरेको बताए।
कुशल नेतृत्वका साथ कार्यसम्पादनमा जुट्न निर्देशन दिँदै महानिरीक्षक खनालले सीमा अपराध नियन्त्रण, बिभिन्न विपद्मा परेकाहरुको उद्धार, कोभिड–१९ महामारी नियन्त्रण तथा कोभिड डेडिकेटेड एपीएफ अस्पताल मार्फत बिरामीहरुको स्वास्थ्य उपचारमा गरेका कार्यहरुको विभिन्न क्षेत्रबाट प्रशंसा भइरहेको बताए।
उनले आगामी निर्वाचन शान्तिपूर्ण तथा विश्वसनिय तवरले सम्पन्न गराउन अन्य सुरक्षा निकाय तथा सरोकारवाला सबैसँग समन्वय गर्दै हाल रहेका सुरक्षा चुनौती तथा भोलिका दिनमा आउनसक्ने चुनौतीहरूलाई समेत परास्त गर्दै आवश्यक योजनाका साथ कार्यक्षेत्रमा खट्न सम्पुर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
गृह मन्त्रिस्तरको चैत्र ६ गतेको निर्णयले प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ई.संदीप थापा, प्राविधिक समुह तथा इन्जिनियरिङ तर्फ तथा प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जन प्राविधिक समुह स्वास्थ्य तर्फको सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरू बिदुर खड्का, लक्ष्मण बहादुर सिंह, र प्रदीप कुमार पाल साधारण समुह साधारण उपसमूह तर्फको सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका हुन् ।
यसैगरी गृह सचिवस्तरको फागुन २७ गतेको निर्णयले सशस्त्र प्रहरी उपरीक्षक निरन्कर नाथ शुक्ल अबकास पुर्व सो पदमा बिशेष बढुवा भएका थिए ।
समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कडेल खनाल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल तथा सशस्त्र प्रहरी परिवार महिला संघको कार्यकारीणी पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।