०९ साउन २०८३, शनिबार

सनराइज बैंकद्वारा मधेश प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

सनराइज बैंकद्वारा मधेश प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

मार्च २१ देखि मार्च २७ सम्म विश्वव्यापी रुपमा मनाइदै आएको ग्लोबल मनि सप्ताहमा सहभागी हुँदै सनराइज बैंकले प्रदेश २ मा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

चैत्र ८, ९, १० गते राजविराज, लहान र गौरमा बैंकले उक्त कार्यक्रम गरेको हो ।

एनबीआईसँगको सहकार्य गरी आयोजना गरिएको उक्त कार्यक्रममा नेशनल बैंकिङ्ग इन्स्टिच्युटको तर्फबाट विनोद अधिकारी तथा बैंकका प्रतिनिधिहरू सहभागी भई साक्षरता प्रदान गरेका थिए । 

वित्तिय साक्षरता कार्यक्रमलाई अझै प्रभावकारी बनाउन बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादबसमेत गौरको कार्यक्रममा सहभागी भएका थिए । 

उनले वित्तिय साक्षरताको महत्व पैसाको प्रयोग र उपयोगिता बारे सहभागीहरुलाई साक्षर हुन आग्रह गरेका थिए । 

१०० जना भन्दा बढी स्थानिय  महिला, साना व्यवसायी तथा  अन्य व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रमहरूमा बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ्ग, डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सर्तकता सुरक्षित रेमिट्यान्स प्रणाली, लगायतका विषयमा साक्षरता प्रदान गरेको थियो । 

सनराइज बैंकले वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुँच पुगोस्, डिजिटल कारोबारका बारेमा व्यक्तिहरू अभ्यस्त बनुन्, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने उद्देश्य साथ देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम गर्न लागेको बैंकले जनाएको छ । 

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटीएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्