३० असार २०८३, मंगलबार

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। जसका कारण आइतबार बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी  भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

यस्तै प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

यस्तै राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

salt training

कमेन्ट गर्नुहोस्