३१ असार २०८३, बुधबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीका बीच भेटवार्ता भइरहेको छ । 

काठमाडौंको नक्सालस्थित मेरियट होटलमा उनीहरूबीच भेटवार्ता भइरहेको हो । 

भेटमा माओवादीका तर्फबाट नेता नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, प्रचण्डका स्वकीय सचिव रमेश मल्ल र गंगा दाहाल छन् । 

वाङ यीले प्रचण्डलाई भेट्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । 

ओलीसँगको भेटवार्ता नसकिँदै प्रचण्ड वाङलाई भेट्न मेरियट होटल पुगेका थिए । 

शुक्रवार नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

चिनियाँ विदेशमन्त्री वाङ नेपाल आएको समयमा नेपाल र चीनका बीच ९ बुँदे सहमति भएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्