चैत १९, २०७९
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन् । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिवार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८&...
बुटवल | चैत १४, २०७८
कपिलवस्तुका दुई शक्तिशाली नेताले एमाले प्रवेश गरेका छन् ।
हृदयेश त्रिपाठीसँगै तत्कालीन राष्ट्रिय जनता पार्टी छाडेर स्वतन्त्र राजनीतिक समूहमा रहेका पूर्वमन्त्री द्वय वृजेश कुमार गुप्ता र धर्मबहादुर लाल श्रीवास्तवले त्रिपाठी समूह छाडेर एमाले रोजेका हुन् ।
गुप्ता प्रतिनिधिसभा सदस्य र श्रीवास्तव प्रदेशसभा सदस्य हुन् ।
दुवै नेता सहित हजारौं कार्यकर्तालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमवार एमालेमा भित्र्याए ।
गुप्ताले २०७० को निर्वाचन तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीबाट जितेका थिए । सूर्य चिन्ह लिएर चुनाव जिते पनि स्वतन्त्र सांसदका रुपमा रहेका कपिलवस्तुका घरानियाँ प्रभावशाली राजनीतिक व्यक्तिहरु रहेको एमाले कपिलवस्तुका इन्चार्ज बलराम अधिकारीले जानकारी दिए ।
दुई जना पूर्वमन्त्री पनि हुन् । गुप्ता कपिलवस्तु क्षेत्र नम्बर २ बाट २०७४ सालमा प्रतिनिधि सभामा विजयी भएका थिए । नेपाली कांग्रेसका तत्कालीन जिल्ला सभापति सुरेन्द्रराज आचार्यलाई ३ हजार ५८१ मतान्तरले पराजित गरेर उनी चर्चामा आएका थिए ।
गुप्ताले कुल ३५ हजार १२७ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५६६ मत ल्याएका थिए । तमलोपाबाट छुट्टिएको हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट उनले कपिलवस्तु क्षेत्र नम्बर २ बाट गुप्ता सूर्य चिन्ह लिएर चुनाव लडेर विजयी भएका थिए । योसँगै उनी कपिलवस्तुबाटै चौथो पटक सांसद निर्वाचित भएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको पृष्ठभूमिबाट आएका उनी २०५६ सालमा राप्रपाबाट निर्वाचित भएका थिए । मधेस आन्दोलनपछि तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेर निरन्तर राजनीतिमा रहेका उनी सोही पार्टीबाट पहिलो संविधानसभा र दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएर २०६१ सालमा भौतिक निर्माण मन्त्री र २०६९ साल कानुनमन्त्री बनेका थिए ।
गत मंसिरमा सांसद् हृदयेश त्रिपाठीले नेतृत्वमा गठन भएको जनता प्रगतिशील पार्टीमा गुप्ता रहेका थिए । त्रिपाठी पनि २०७४ को निर्वाचनमा चुनाव चिह्न सूर्य लिएर विजयी भएका हुन् ।
उनी सूर्य चिन्ह लिएर प्रतिनिधिसभामा नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । गुप्तासँगै एमालेमा आउन लागेका प्रदेश सभातर्फ धर्मबहादुरलाल श्रीवास्तव कपिलवस्तु क्षेत्र नम्बर २ को ‘ख’ निर्वाचित भएका थिए ।
लुम्बिनीमा एमाले नेतृत्वको सरकार ढल्ने समयमा उनी मन्त्री बनेका थिए । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै कपिलवस्तुमा दल अदलबदल तीब्र रुपमा चलेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन् । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिवार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८&...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी तत्काल सरकारमा नजाने बताएका छन् । स्थिरता र समग्र विषयलाई ध्यान दिँदै उपनिर्वाचनपछि भने यसबारे सोच्न सकिने उनको भनाइ छ । शनिबार आयोजित पत्रकार सम्...
अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताएका छन् । शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यालयमा आयो...
राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका रमेश खरेलले राजनीतिक सिन्डिकेटतन्त्रको बिरुद्धमा सबै एक हुनुको विकल्प नरहेको बताएका छन् । शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा...
नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी ‘शुसिल’ले माओवादी शक्तिबीचको वृहत एकतालाई बिथोल्नेहरु माओवादी भित्रै हरेको आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि मरिहत्ते गर्ने दलहरूको खराब प्रवृत्तिका कारण नयाँ शक्ति उदय भएको टिप्पणी गरेका छन् । पूर्वउपप्रधानमन्त्री तथा सङ्घीय सांसदसमेत रहेका नेता केसीले राजनीतिमा ...
यो लेख लेख्दै गर्दा खालिस्तान पृथकतावादी नेता अमृतपाल सिंह इन्डियन प्रहरी झुक्याएर नेपाल प्रवेश गरेको र नेपालबाट तेस्रो मुलुक जाने सम्भावना रहेको समाचारहरू सार्वजनिक भइरहेका छन् । पञ्जाब प्रहरीले पक्राउ गर्न ठाउँ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...