०८ असार २०८३, सोमबार

बालिका अपहरणमा पक्राउ परेका आरोपी सार्वजनिक

बालिका अपहरणमा पक्राउ परेका आरोपी सार्वजनिक
प्रतिकात्मक तस्वीर

धनुषामा बालिका अपहरण घटनामा पक्राउ परेका ३ जना आरोपितलाई प्रहरीले  सार्वजनिक गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकबाट ४ वर्षीया बालिकालाई अपहरण गरेको घटनामा संलग्न आरोपमा ३ जना आरोपितलाई प्रहरीले सोमवार सार्वजानिक गरेको हो ।

पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका–३ सिकियाही बस्ने २१ वर्षीय अरविन्द मुखिया, जनकपुधाम उपमहानगरपालिका–१ बस्ने २१ वर्षीय रविकुमार दास र कमला नपा–८ सोनापारा घर भई जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकमा डेरा गरी बस्ने २० वर्षीय अभिषेकचन्द्र दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनीहरूले बालिकालाई अपहरण गरी अभिभावकसँग १५ फिरौती बापतको रकम माग गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बालिका आफ्नै डेरामा खेलिरहेको समयमा चैत १० गते सम्पर्कविहीन भएपछि चैत ११ गते प्रहरीले सकुशल उद्धार गर्न सफल भएका थिए । घटनामा संलग्न आशंकामा ७ जनालाई गिरफ्तार गरेको थियो ।

अनुसन्धानका क्रममा ४ जना निर्दोष देखिएकाले छाडिएको र ३ जना संलग्न आरोपित देखिएकाले अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्