३० असार २०८३, मंगलबार

पेट्रोलियम व्यवसायीहरूको आन्दोलनबाट पश्चिमाञ्चलका व्यवसायीले झिके हात, ढुवानी नरोकिने

पेट्रोलियम व्यवसायीहरूको आन्दोलनबाट पश्चिमाञ्चलका व्यवसायीले झिके हात, ढुवानी नरोकिने

 पश्चिमाञ्चल टैङ्कर व्यवसायी संघले पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने भएको छ ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै संघका महासचिव भुपराज अर्यालले ढुवानी कार्य निरन्तर गर्ने जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ,‘सामाजिक उत्तरदायित्वमा समेत हामी व्यवसायीहरू जिम्मेवार हुने र समाजमा नकरात्मक सन्देश जाने देखिएको हुँदा हाललाई निगमले गरेको अनुरोधलाई स्विकार गरी हाम्रा संयुक्त ६ बुँदे यथार्थ मागहरु यथावतै रहेको तर आन्दोलनको कार्यक्रम स्थगित गरीएको जानकारी गराउँछौँ ।’

 कमिशन र ढुवानी भाडा बढाउन माग गर्दै ढुवानी व्यवसायीले शुक्रवारबाट पेट्रोलियम पदार्थको आपूर्ति रोकेपछि पश्चिमाञ्‍चल टैङ्कर व्यवसायीले भने आन्दोलनमा सहभागी नहुने जनाएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्