२० असार २०८३, शनिबार

‘जुम्ला र कालीकोटका सभामा देखिएको जनउभार एमालेप्रतिको लहर’

‘जुम्ला र कालीकोटका सभामा देखिएको जनउभार एमालेप्रतिको लहर’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिमालदेखि तराईसम्म एमालेको पक्षमा जनलहर देखिएको बताएका छन् । 

एमालेका पक्षमा देखिएको जनलहर विकास र समृद्धिको आकांक्षा भएको उनले बताए । 

अखिल नेपाल जनसांस्कृतिक महासंघको कार्यक्रमलाई शुक्रवार राजधानीमा सम्बोधन गर्दै ओलीले जुम्ला र कालीकोटमा अहिलेसम्मकै ठूलो सभा भएको बताएका हुन् ।

‘हिजो म जुम्ला र कालीकोट गएको थिएँ, कालीकोटमा अहिलेसम्मकै विशाल सभा भयो । खाली चिया खानका लागि भनेर दैलेखको दुल्लुमा गएको त्यहाँ पनि उस्तै जनउभार देखियो,’ ओलीले भने, ‘देशमा यस्तो लहर छ एमालेको लहर । देशको सार्वभौमसत्ताको रक्षा गर्ने लहर । लोकतन्त्रको रक्षा गर्ने लहर । यो लहर विकासको अभियानलाइ अगाडि बढाउने अभियान हो ।’ 

हिजो जुम्ला र कालीकोटमा भएका एमाले जनसभामा उल्लेख्य सहभागिता देखिएको थियो । ओलीले समृद्ध नेपाल र सुखी नेपाली बनाउने आफूहरूको नारा पूरा गरेरै छाड्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्