२१ असार २०८३, आइतबार

जनताको कामलाई प्राथमिकता दिऔं : मन्त्री श्रेष्ठ

जनताको कामलाई प्राथमिकता दिऔं : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादी आँबुखैरेनी तनहुँले शुक्रवार आयोजना गरेको पालिकास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उनले अहिले जनताको काम गर्ने समय भएको उल्लेख गर्दै जनताले मूल्यांकन गरी निर्वाचनमा उम्मेदवारलाई मत दिन सक्ने बताए ।

हाम्रोभन्दा पनि विकासप्रेमी र राम्रा नेता अहिलेका जनताले चाहेको बताउँदै मन्त्री श्रेष्ठले जनताको मन जित्ने गरी काम गर्न कार्यकर्तालाई आग्रह गरे ।  कसलाई मत दिएर जिताउने भन्ने महत्त्वपूर्ण अभिभारा जनता नै रहेको उनले बताए ।

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए । गठबन्धनको तालमेल बाँकी नै रहेकोले कुन पार्टीसँग गठबन्धन हुन्छ, त्यसपछि मात्रै चुनावी माहोलले मोड लिने उनको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्