२४ जेठ २०८३, आइतबार

भारतीय मिडिया लेख्छ - ओली हुँदा नेपालको झुकाव चीनतिर थियो, देउवा आएपछि सम्बन्ध सुध्रियो

चैत १९, २०७८
भारतीय मिडिया लेख्छ - ओली हुँदा नेपालको झुकाव चीनतिर थियो, देउवा आएपछि सम्बन्ध सुध्रियो
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई त्यहाँका छापा सञ्चारमाध्यमले पहिलो पृष्ठमा स्थान दिएका छैनन् ।

देउवाको भ्रमणबारे भारतीय छापा माध्यमले भित्री पृष्ठमा समाचार लेखेका छन् ।

नवभारत टाइम्सले देउवा भारतीय जनता पार्टी (भाजपा) मुख्यालय पुगेको समाचारलाई शीर्षक बनाएको छ ।

बीजेपी अध्यक्ष जेपी नड्डासँगको छलफलमा देउवाले राजनीतिक अनुभव आदानप्रदान गरेका समाचारमा उल्लेख छ ।

देउवा प्रधानमन्त्री भएपछि भारतसँग सम्बन्ध सुधार भएको र ओली प्रधानमन्त्री हुँदा नेपालको झुकाव चीनतिर बढी रहेको समेत समाचारमा उल्लेख छ ।

हिन्दूस्तान टाइम्स हिन्दीले देउवा र नड्डाबीचको भेटमा गठबन्धन सरकारको अनुभवबारे चर्चा भएको समाचार प्रकाशित गरेको छ ।

दैनिक जागरणले देउवा भ्रमणका क्रममा नेपालका लागि अतिरिक्त सहयोगको घोषणा हुने कुरालाई प्राथमिकता दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्