२५ जेठ २०८३, सोमबार
रेल उद्घाटन

देउवा र मोदीले संयुक्तरूपमा गरे जनकपुर– जयनगर रेलको उद्घाटन

देउवा र मोदीले संयुक्तरूपमा गरे जनकपुर– जयनगर रेलको उद्घाटन

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्तरूपमा कुर्था–जनकपुर–जयनगर रेल सेवा उद्घाटन गरेका छन् । 

औपचारिक भ्रमणमा भारतमा रहेको प्रधानमन्त्री देउवा र उनका समकक्षी मोदी सहितको प्रतिनिधि मण्डलबीच हैदरावाद हाउसमा  भएको द्विपक्षीय भेटवार्ता पछि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका हुन् । 

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३२ किलोमिट रेल सेवा निर्माण भएर सञ्चालनको अन्तिम तयारीमा छ । प्रस्तावित जयनगर–विजलपुर हुँदै नेपालको बर्दिबाससम्म ६९ किलोमिटर रेलमध्ये ३२ किलोमिटर मात्रै रेलको लिक तयार भएको छ । 

भारतीय सरकारको ८ अर्ब ७७ करोड सहयोगमा जयनगरदेखि बर्दिबाससम्म रेल निर्माण गर्न लागिएको छ । 

केही समय यता यात्रु विना (ड्राइ रन) रेल सञ्चालन भइरहेको छ । सरकारले केही दिन अघि रेल अध्यादेश जारी गरिसकेको छ ।

रेल उद्घाटन भएपछि दैनिक ३ पटक सेवा सञ्चालन गर्ने तयारी रहेको नेपाल रेल्वे कम्पनीले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्