२२ असार २०८३, सोमबार

एमबीबीएस पढ्ने गरीब तर जेहेन्दार विद्यार्थीलाई प्रलोभनमा पारी अर्कैको परीक्षा दिन लगाएपछि ...

एमबीबीएस पढ्ने गरीब तर जेहेन्दार विद्यार्थीलाई प्रलोभनमा पारी अर्कैको परीक्षा दिन लगाएपछि ...

चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित परीक्षामा सहभागी ५ नक्कली परीक्षार्थीलाई पक्राउ गरी प्रहरीले आइतवार सर्वजनिक गरेको छ ।

यही चैत १८ गते सञ्चालन भएको मेडिकल एजुकेसन कमन इन्ट्रान्स परीक्षामा अर्कैको नाममा परीक्षा दिन पुगेका ५ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

नक्कली परीक्षार्थी सहभागी भएको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई सीसीआरसी कलेज, एम्बिसन कलेज र ग्रामर स्कूल परीक्षा केन्द्रबाट शुक्रवार पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा महोत्तरीको साविक सम्सी – ४ घर भएका २२ वर्षीय अमर पण्डित, चक्रघट्टा- ४ सर्लाही घर भएका २२ वर्षीय अनिकेत चौधरी, राजगढ- १ सप्तरी घर भएका २६ वर्षीय राम आशिश यादव, भारतको बिहार घर भएका २४ वर्षीय इस्तियाख अहमद र सम्सी - ५ महोत्तरी घर भएका २३ वर्षीय सन्नीकुमार साह छन् । 

उनीहरूलाई नक्कली प्रवेश पत्र र नेपाली नागरिकतासहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।

फ्री स्कलरशिपमा एमबीबीएस पढिरहेका तर कमजोर आर्थिक अवस्था भएका जेहेन्दार विद्यार्थीलाई २ लाखदेखि १८ लाखसम्मको प्रलोभन देखाई ५० हजारदेखि २० लाखसम्म दिएर परीक्षामा सहभागी गराइएको खुलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्