कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
चैत २०, २०७८
चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित परीक्षामा सहभागी ५ नक्कली परीक्षार्थीलाई पक्राउ गरी प्रहरीले आइतवार सर्वजनिक गरेको छ ।
यही चैत १८ गते सञ्चालन भएको मेडिकल एजुकेसन कमन इन्ट्रान्स परीक्षामा अर्कैको नाममा परीक्षा दिन पुगेका ५ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
नक्कली परीक्षार्थी सहभागी भएको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई सीसीआरसी कलेज, एम्बिसन कलेज र ग्रामर स्कूल परीक्षा केन्द्रबाट शुक्रवार पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा महोत्तरीको साविक सम्सी – ४ घर भएका २२ वर्षीय अमर पण्डित, चक्रघट्टा- ४ सर्लाही घर भएका २२ वर्षीय अनिकेत चौधरी, राजगढ- १ सप्तरी घर भएका २६ वर्षीय राम आशिश यादव, भारतको बिहार घर भएका २४ वर्षीय इस्तियाख अहमद र सम्सी - ५ महोत्तरी घर भएका २३ वर्षीय सन्नीकुमार साह छन् ।
उनीहरूलाई नक्कली प्रवेश पत्र र नेपाली नागरिकतासहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।
फ्री स्कलरशिपमा एमबीबीएस पढिरहेका तर कमजोर आर्थिक अवस्था भएका जेहेन्दार विद्यार्थीलाई २ लाखदेखि १८ लाखसम्मको प्रलोभन देखाई ५० हजारदेखि २० लाखसम्म दिएर परीक्षामा सहभागी गराइएको खुलेको छ ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...