राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकले ठूलो धनराशि शिक्षा क्षेत्रमा खर्च गरेकाले उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिएका छन् ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मा आइतवार नवनिर्मित थाङपाल भ्याली माध्यमिक विद्यालय भवनको उद्घाटन कार्यक्रममा उनले भूकम्पले क्षति गरेका ४ विद्यालय एकीकृत गरी सञ्चालनमा आएकाले विद्यालयले गुणस्तरीय शिक्षामा ध्यान दिने विश्वास व्यक्त गरे ।
भूकम्प, बाढी, कोरोनाबीच पनि विद्यालय भवन निर्माण सम्पन्न गरेकामा उनले खुशी व्यक्त गरे ।
विद्यालय भवनसँगै अब पढाइ पनि गुणस्तरीय बनाउनुपर्नेमा उनले जोड दिए । उनले विश्वमा जलवायु परिवर्तनले संकटको रूप लिइरहँदा त्यसको प्रत्यक्ष असर र चुनौती नेपालका हिमशृृंखला तथा अग्ला पहाडमा देखापर्न थालेका बताए ।
जलवायु परिवर्तनका कारण पहाडमा हिउँ नपर्ने, हिमताल फुट्ने, अप्रत्याशित बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिहरु निम्तिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै जलवायु अनुकूलन योजना बनाई त्यसअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।