३१ असार २०८३, बुधबार

आजको मौसमः यी प्रदेशमा वर्षाको सम्भावना

आजको मौसमः यी प्रदेशमा वर्षाको सम्भावना

हाल नेपालमा भारतको बिहार तथा  आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार मंगलबार बिहान प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।   

दिउँसो भने प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ। 

यस्तै प्रदेश नं १ को पहाडी भूभागका थोरै स्थानहरुमा र बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 यसैगरी राति प्रदेश नं १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा भने मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्