३२ असार २०८३, बिहीबार

मौरी बेच्दा मह उत्पादन घट्यो

चैत २२, २०७८
मौरी बेच्दा मह उत्पादन घट्यो

 किसानले  मौरी  बेच्न थालेपछि  मह  उत्पादनमा  कमी  भएको  छ । बर्सेनि  एउटै  किसानले  हजार  घारभन्दा  बढी मौरी  बेचेपछि  मह  उत्पादनमा  ह्रास  आएको व्यवसायीहरू बताउँछन् ।

मौरीपालक   महासङ्घ   गण्डकी   प्रदेशका महासचिव  जीवनाथ  लामिछानेले  किसानले  मह उत्पादनभन्दा  मौरी  उत्पादनमा  बढी  जोड  दिएको बताए ।

उनले  भने,  “किसानहरू  महभन्दा मौरी  बेचेर  कमाउन  थाले ।  गण्डकी  प्रदेशमा अहिले  मौरीको  अभावले  बाहिरबाट  ल्याउनुपर्ने बाध्यता  छ ।  मौरी  उडेर  भागो  भन्दै  बेच्ने प्रवृत्ति  बढेको  छ । ”  

सरकारले  मौरी  व्यवसायमा लगानी  गरे  पनि  सोचेअनुसारको  मह  नपाइएको उनले  बताए ।  उनका  अनुसार  वास्तविक मौरीपालनलाई   पेसा   बनाउनेहरू   थोरै   छन् । मौरीसँगै  गाई,  बाख्रा  व्यवसाय  गर्ने  धेरै  रहेको उनले बताए ।  गोरखापत्र दैनिकमा सन्तोष सुवेदीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्