०३ असार २०८३, बुधबार

प्रहरी हिरासतभित्रै आत्महत्याको प्रयास, घाँटी रेटिएको अवस्थामा फेला

चैत २३, २०७८
प्रहरी हिरासतभित्रै आत्महत्याको प्रयास, घाँटी रेटिएको अवस्थामा फेला

चोरी अभियोगमा इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका एक अभियुक्तले हिरासतभित्रै आत्महत्या प्रयास गरेका छन् । तामाको तार चोरीको अभियोगमा बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् । घाइते नेपालीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाका तार चोरी भएको उजुरीका आधारमा प्रहरीले नेपालीलाई  तामा बेच्दै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ। शनिबार पक्राउ परेका नेपालीले सोमबार दिउँसो घाँटी रेटेर आत्महत्या गर्न खोजेको देखेपछि प्रहरीले उनलाई घाइते अवस्थामा अस्पताल पुराएको थियो। गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्