३० असार २०८३, मंगलबार

राष्ट्रसंघको सुरक्षा परिषद्लाई सम्बोधन गर्दै जेलेन्स्कीले सरापे रुसलाई

चैत २३, २०७८
राष्ट्रसंघको सुरक्षा परिषद्लाई सम्बोधन गर्दै जेलेन्स्कीले सरापे रुसलाई

रुसी सैनिकहरूले आनन्द लिनका नागरिकको जथाभावी हत्या गरेको युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले आरोप लगाएका छन् । 

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई मंगलवार सम्बोधन गर्दै जेलेन्स्कीले रुसविरुद्ध आरोप लगाएका हुन् । उनले सुरक्षा परिषद्को कार्यादेशमा समेत प्रश्न उठाएका छन् । 

राजधानी किएभबाहिरको नगर बुचाको भ्रमण गरेको एक दिनपछि जेलेन्स्कीको भावुक सम्बोधन आएको हो । बुचाका सडकमा लाशहरूको तस्वीर देखेर संसार नै स्तब्ध बनेको छ । 

रुसी सैनिकहरूले बुचा शहर छोड्ने क्रममा पूरा परिवारहरूलाई मारेको, मानिसको घाँटी काटेको, महिलाको बलात्कार गरेको र उनीहरूकै बालबालिका अगाडि मारेको आरोप जेलेन्स्कीले लगाए । रुसको यो कारवाही आतंकवादी समूहको जस्तो भएको जबकि रुस सुरक्षा परिषद्को सदस्य भएको उनको भनाइ छ । 

त्यसपछि उनले सुरक्षा परिषद्लार्य निन्दा गर्दै सोधे, ‘सुरक्षा परिषद्ले दिनुपर्ने सुरक्षा कता छ ? युद्ध रोक्न र शासन्त बहाल गर्न बनाइएको विश्वको महत्त्वपूर्ण संस्था प्रभावकारी छैन ।’

‘महिला तथा सज्जनवृन्द, म तपाईंहरूलाई राष्ट्रसंघको बडापत्रको धारा १, च्याप्टर १ को स्मरण गराउन चाहन्छु । यो संगठनको उद्देश्य के हो ? शान्ति बहाल गर्ने र त्यसमा अडिग रहने यसको उद्देश्य हो । अहिले बडापत्रको ठाडो उल्लंघन भइरहेको छ । धारा १ कै उल्लंघन भइरहेको छ भने अरू धाराको के काम ?’

रुसले युक्रेनमाथि आक्रमण गरेको मिति फेब्रुअरी २४ देखि अप्रिल ४ सम्म युक्रेनमा कम्तीमा १४ सय ८० नागरिक मारिएको र कम्तीमा २१ सय ९५ जना घाइते भएको राष्ट्रसंघका एक अधिकारीले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्