
चैत तेस्रो सातासम्ममा वाणिज्य बैंकहरूमा १० अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह भने ३ अर्ब मात्रै थपिएको छ ।
नेपाल बैंकर्स संघले जारी गरेको १८ चैतसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा ४१ खर्ब ३० अर्ब रूपैयाँ निक्षेप संकलन भएको थियो । यस्तो निक्षेप संकलन ३० फागुनसम्ममा ४१ खर्ब २० अर्ब रूपैयाँ मात्रै थियो ।
१८ चैतसम्ममा वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जा ४१ खर्ब ७५ अर्ब रूपैयाँ रहेको छ । यस्तो कर्जा प्रवाह फागुन मसान्तमा ४१ खर्ब ७२ अर्ब रूपैयाँ रहेको पनि तथ्यांकले देखाएको छ ।
वाणिज्य बैंकहरूले संकलन गरेको निक्षेप ११ चैतको तुलनामा १८ चैतसम्ममा भने १ अर्ब मात्रै बढेको छ । यो अवधिमा कर्जा प्रवाह भने ५ अर्ब रूपैयाँले बढेको तथ्यांकले देखाएको छ ।