
शेयर बजार मापक सूचक नेप्से बुधवार २३.३२ अंकले घटेको छ । बजार ०.९५ अंकले घटेर नेप्से परिसूचक २४२८.५७ विन्दूमा ओर्लिएको छ ।
बजार घटेसँगै कारोबार रकम पनि २ अर्ब रुपैयाँमा मात्रै सिमित भएको छ । आज २२६ कम्पनीको ४३ लाख ७९ हजार कित्ता शेयरको ३८ हजार पटक कारोवार भएको छ । यसबाट १ अर्ब ९९ करोड रुपैयाँको कारोवार भएको हो ।
बजार घटेको भएपनि आज सबैभन्दा बढी कमाउनेमा भने नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था रहेको छ । नेस्डोको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । यसका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा नेस्डोको प्रतिकित्ता शेयर मूल्य १५४५ रुपैयाँ पुगेको छ ।
आज कमाउनेमा सोल्टी होटल ३.९९ प्रतिशत, तारागाउँ रिजेन्सी होटल ३.९४ प्रतिशत, युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रोपावर २.३० प्रतिशत र सिंगटी हाइड्रोका लगानीकर्ताले २.२८ प्रतिशतले कमाएका छन ।
आज गुमाउनेमा भने सबैभन्दा बढी इमर्जिङ नेपालका लगानीकर्ता छ । यसको मूल्यमा नकारात्मक सर्किट लागेको छ । शेयर मूल्यमा १० प्रतिशतले बढे वा घटेमा सर्किट लाग्ने गर्छ । इमर्जिङको शेयरमा नाकारात्मक सर्किट लागेर बुधबार ११९० रुपैयामा झरेको छ ।
आज गुमाउने कम्पनीहरूमा राष्ट्र उत्थान लघवित्त, बुद्धभूमि नेपाल हाइड्रो, नयाँ सारथि लघुवित्त, शिखर इन्स्योरेन्सका लगानीकर्ताले ३.७५ देखि ५.४७ प्रतिशतसम्मले गुमाएका छन् ।
आज सबैभन्दा बढी कारोवार गर्नेमा भने हिमालयन डिस्टिलरी लिमिटेड रहेको छ । यसको ९ करोड ४१ लाख रुपैयाँको कारोवार भएको छ । आज सबैभन्दा बढी पटक कारोवार हुनेमा भने राष्ट्र उत्थान लघुवित्त रहेको छ । यो लघुवित्तको ३५६० पटक कारोवार भएको छ ।