
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को भित्तेपात्रो सार्वजनिक गरेको छ ।
बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले एक कार्यक्रमका बीच “सेञ्चुरी क्यालेन्डर- २०७९” सार्वजनिक गरे।
वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को क्यालेन्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङका माध्यमहरू लगायत विभिन्न बैंकिङ सेवाहरुलाई समावेश गरिएको छ ।
यसबाट वित्तीय साक्षरता र डिजिटल बैंकिङ्ग सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।