३१ असार २०८३, बुधबार

चालू योजनाहरू छिटो सम्पन्न गर्ने काममा लाग्नुपर्छ : डा. रामशरण महत

चालू योजनाहरू छिटो सम्पन्न गर्ने काममा लाग्नुपर्छ : डा. रामशरण महत

नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले चालू योजनाहरू छिटो सम्पन्न गर्ने काममा लाग्न सरकारलाई सुझाव दिएका छन् ।

पूर्व अर्थमन्त्री समेत रहेका नेता महतले विगतमा नयाँ योजनाहरूको नाममा हल्ला हुने गरेको भन्दै चालू योजनाहरू सम्पन्न गर्ने काममा सरकारले ध्यान दिनुपर्ने स्पष्ट पारे ।

बुधवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले ठूला योजनाहरू अघि बढाउँदा त्यसमा लाग्ने लागत र प्रतिफलको गम्भीर ढंगले विश्लेषण गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।

विगतमा ठूलो खर्च गरेर योजनाहरू अघि बढेको भए पनि त्यसले प्रतिफल दिन नसकेको उनको भनाइ थियो । पूर्व अर्थमन्त्री महतले भने, ‘म त के भन्छु भने चालू योजनाहरूलाई चाँडै सम्पन्न गर्ने, विगतमा ठूल्ठूला योजनाहरू भनेर हल्ला गर्ने प्रवृत्ति देखियो तर त्यस्तो होइन । चालू योजनाहरू चाँडो सम्पन्न गरेर नयाँ ठूल्ठूला योजनाहरू गर्दा त्यसको प्रतिफल र खर्चको विश्लेषण गरेर मात्रै अगाडि बढाउनुपर्छ । प्रशासनिक क्षमता पनि बढाउनुपर्छ । धेरै आयोजनाहरू सम्पन्न भएका छैनन् । १० वर्षदेखिको सडक आयोजनाहरू काठमाडौंमै सम्पन्न हुन सकेका छैनन् । त्यसलाई सम्पन्न गराउनुपर्‍यो । कर्मचारीको दरबन्दी कटौती गरेर भए पनि विकास खर्च बढाउनुपर्‍यो ।’

कांग्रेस नेता महतले कर्मचारीको दरबन्दी कटौती गरेर भए पनि विकास खर्च बढाउन सरकारको ध्यानाकर्षण गराए ।

salt training

कमेन्ट गर्नुहोस्