०४ साउन २०८३, सोमबार

बार निर्वाचनको मतगणना अपडेट : घिमिरेको १९९०, अधिकारीको १००४ मत

बार निर्वाचनको मतगणना अपडेट : घिमिरेको १९९०, अधिकारीको १००४ मत

नेपाल बार एशोसिएशनको २६औं केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ । 

पछिल्लो गणनाअनुसार घिमिरेले १ हजार ९९० मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले १ हजार ४ मत प्राप्त गरेका छन् ।

महासचिवमा अन्जिता खनालले १ हजार ७६५ र केदारप्रसाद कोइरालाले १ हजार १७५ मत प्राप्त गरेका छन् ।

बारको चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानमा मतदान सम्पन्न भएको थियो । 

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा ९ हजार ७०८ अधिवक्ता मतदाताले मतदान गरेका थिए ।

त्यसमध्ये उपत्यकामा ५ हजार ७०० र उपत्यका बाहिर ३ हजार ५०० मतदाता रहेका थिए । चुनावमा ७ हजार ४२९ मत मात्र खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्