
पछिल्लो २४ घण्टामा १९ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ७१५ नमूना परीक्षणमध्ये १९ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।
मन्त्रालयका अनुसार थप ४९ जना संक्रमणमुक्त भएका छन् ।
हाल मुलुकभर ५२० सक्रिय संक्रमित छन् ।