०२ साउन २०८३, शनिबार

कृष्ण सागरमा रहेको रुसी युद्धपोत ध्वस्त

बैशाख १, २०७९
कृष्ण सागरमा रहेको रुसी युद्धपोत ध्वस्त

कृष्ण सागरबाट युक्रेनको भूमिमा क्षेप्यास्त्र प्रहार गर्ने रुसको महत्त्वपूर्ण युद्धपोत मोस्क्वा मिसाइल क्रुजर ध्वस्त भएको छ । 

नेप्च्युन क्षेप्यास्त्र उपयोग गरेर आफूले रुसी युद्धपोत ध्वस्त पारेको युक्रेनको दाबी छ । 

युक्रेनको आक्रमण भन्दा पनि क्षेप्यास्त्रहरू राखिएको यो यस युद्धपोतमा आगो लागेर विस्फोट भएको दाबी रुसले गरेको छ । युद्धपोतमा भएका सबै सैनिकलाई युद्धपोतबाट निकालिएको पनि उसले बताएको छ । 

रुसी युद्धपोतमा आगो लागेको तस्वीर सार्वजनिक भएको छ । युद्धपोतमा धेरै क्षति पुगेको रुसले स्वीकार गरेको छ । 

युक्रेनमाथि रुसले आक्रमण गरेको ५० दिन पुगिसकेको छ र यसबीचमा युद्धपोत ध्वस्त हुँदा रुसी जलसेनालाई धेरै ठूलो झड्का लागेको छ । 

रुसको रक्षा मन्त्रालयले युद्धपोत खाली गराएर आगलागीको अनुसन्धान गरिरहेको जनाएको छ । 

रुसको इन्टरफ्याक्स समाचार संस्थाका अनुसार, युघपोतमा गोलाबारुद थिए र आगो लागेपछि ती ध्वस्त भए । 

मोस्क्वा युद्धपोत ६०० फीट लामो र १२ हजार ५०० टन भारी छ । सन् १९७९ मा पहिलोपटक यसलाई प्रक्षेपण गरिएको थियो । 

युद्धपोतमा चालक दलका ५१० सदस्य थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्