०२ असार २०८३, मंगलबार

अंशबण्डा विवाद चर्किएर छोराले गरे बुवाको हत्या

अंशबण्डा विवाद चर्किएर छोराले गरे बुवाको हत्या
प्रतिकात्मक तस्वीर

मोरङको बेलबारी नगरपालिका–७ काफ्ले टोलमा छोराले बुवाको हत्या गरेका छन् । 

स्थानीय ३१ वर्षीय वासुदेव कार्कीले बिहीवार दिउँसो ६२ वर्षीय बुवा जयबहादुर कार्कीको हत्या गरेका हुन । 

अंशबण्डा सम्बन्धी विवाद हुँदा वासुदेवले बुबा, आमा र भाइ तीर्थराजसँग विवाद गरेका थिए ।

जयबहादुरले छोरीलाई जग्गा बेचेपछि विवाद भएको पाइएको ईलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर खगेन्द्र धमलाले बताए । त्यही विवादलाई लिएर वासुदेव र भाइ तीर्थराजबीच भएको झगडा मिलाउन गएका जयबहादुरलाई वासुदेवले आँगनको ढुंगामा पछारेको प्रहरीले जनाएको छ । 

दिउँसो १२ः३० बजेतिर छोराले आँगनमा पछारेपछि गम्भीर घाइते भएका वृद्ध जयबहादुरलाई उपचारका लागि विराटनगरको विराटनगर अस्पतालमा ल्याएको थियो । अस्पतालमा ल्याउनेबित्तिकै चिकित्सकले जयबहादुरलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । 

बुवाको हत्यामा संलग्न वासुदेवलाई प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । अनुसन्धानका लागि भाइ तीर्थराजलाई पनि नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ । वासुदेवले आमा ५८ वर्षीया उमादेवी कार्कीमाथि समेत कुटपिट गरेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार छोराको कुटपिटबाट उमादेवीको अनुहार र टाउकोमा चोट लागेको छ । वासुदेव इटहरीमा बस्दै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्