
पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार छान्न नेकपा एमालेमा आज (शुक्रवार) मतदान हुँदैछ ।
पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुख पदको सिफारिस निर्वाचन कमिटीले प्रकाशित गरेको सूचनाअनुसार शुक्रवार दिउँसो १२–१ बजेसम्म मतदान हुनेछ ।
एमालेमा प्रमुख पदका लागि १२ र उपप्रमुख पदका लागि ११ जनाले आकांक्षा देखाएका छन् ।
प्रमुखमा दर्शन लामा, राजीब पहारी, कृष्ण बहादुर थापा लगायत आकांक्षी छन् ।

