२७ असार २०८३, शनिबार

अर्जुन दास हत्या प्रकरणः फरार रहेका ४ आरोपी पक्राउ

अर्जुन दास हत्या प्रकरणः फरार रहेका ४ आरोपी पक्राउ

कैलालीमा अर्जुन दासको विभत्स हत्या गरेर फरार रहेका ४ जना आरोपीहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जानकी गाउँपालिका–९ का १९ वर्षीय सुमीत साउद, बमे भन्ने बमबहादुर बोहेरा, रोनि परियार भन्ने दिलिप दास र मनोज भण्डारी रहेका छन् । 

गत पुस ३ गते जानकी–९ को अमरावती सामुदायिक जंगलमा सोही ठाउँका २५ वर्षीय अर्जुन दासको घाँटी छिनालेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । अर्जुनलाई मोबाइल चोरेको आरोपमा कुटपिट गर्दै रुखमा बाँधेर विभत्स हत्या गरिएको प्रहरीले जनाएको छ । 

आरोपीहरूलाई बिहीवार अपराध महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले रुपन्देहीको बेलहिया सीमानाकाबाट पक्राउ गरेको हो । 

थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्