अमेरिकाका राष्ट्रपति जो बाइडनले बिहीवार नर्थ क्यारोलाइना विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा हावासँग हात मिलाएको भिडियो सार्वजनिक भएको छ ।
बाइडनले नर्थ क्यारोलाइना एग्रिकल्चरल यान्ड टेक्निकल स्टेट युनिभर्सिटीमा ४० मिनेट सम्बोधन गरेपछि मञ्चको दायाँतिर फर्केर आफ्नो दाहिने हात अगाडि बढाएका थिए ।
तर मञ्चमा उनीसँग हात मिलाउने कोही पनि थिएन । तल बसेर ताली बजाइरहेको भीडबाट पनि कोही बाइडनसँग हात मिलाउन आएन ।
बाइडनले यसरी हावासँग हात मिलाएको देखिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न खाले टिप्पणी गरिरहेका छन् ।