१९ असार २०८३, शुक्रबार

लुम्बिनी अस्पतालको विवादित टेन्डरमा सीईओ घिमिरेकै संलग्नता : प्रतिवेदन

बैशाख २, २०७९
लुम्बिनी अस्पतालको विवादित टेन्डरमा सीईओ घिमिरेकै संलग्नता : प्रतिवेदन

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको टेन्डरमा पूर्व प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेकै मिलेमतो रहेको सरकारी प्रतिवेदन सार्वजनिक भएको छ ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारीबाट राजीनामा दिँदै नयाँ भवनको टेन्डर रद्द गरेका घिमिरे नै त्यसको मुख्य योजनाकार रहेको सरकारले गठन गरेको छानबिन समितिले ठहर गरेको छ ।

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधकिृत पदबाट अनन्तराज घिमिरेले चैत १४ गते लुम्बिनी प्रादेशिक अस्पताल बुुटवलको टेन्डर (खरिद प्रक्रिया) रद्द गर्दै राजीनामा दिएका थिए । घिमिरेको राजीनामापछि अस्पतालको नयाँ भवनको टेन्डर सेटिङ प्रकरणमा मुख्यमन्त्री कूलप्रसाद केसी समेत विवादमा तानिएका थिए । 

तर प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी संयोजक रहेको कार्यदलले पूूर्व प्रमुख कार्यकारी अधिकृत घिमिरेकै मिलेमतोमा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । पूर्वाधार विकासको सम्पूर्ण प्रक्रियामा प्राधिकरणका कर्मचारी नै संलग्न हुने भएकाले मुख्यमन्त्री कार्यालयको कुनै पनि संलग्नता हुन नसक्ने भन्दै घिमिरेले चलाखीपूर्ण रूपमा कमजोरी ढाक्न राजीनामा दिएको सरकारको दाबी छ ।

छानबिन समितिले ठेकेदारसम्म मिलोमतोदेखि कागज कीर्तेसम्म गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

छानबिन कार्यदलले शुक्रवार मुख्यमन्त्री कूलप्रसाद केसीलाई प्रतिवेदन बुझाएको छ । तत्कालीन समयमा मुख्यमन्त्रीलाई गुम्राहमा राख्ने काम गरेको भन्दै अन्तिममा मिडियालाई उपलब्ध गराएको पत्र समेत कीर्ते गरेको आरोप लगाएको छ । तत्कालीन कार्यकारी घिमिरे सार्वजनिक गरेको निर्णयमा २ पाना फेरिएका उल्लेख छ ।

पूर्व प्रमुख कार्यकारी अधिकृत घिमिरेले मुख्यमन्त्रीलाई नै दोष थोपर्दै राजीनामा दिएका थिए तर मुख्यमन्त्री केसीले अस्पतालको भवनको टेन्डरका विषयमा प्रश्न उठेपछि राजीनामा दिन भनेपछि त्यसको बदला लिएको बताए । फरक–फरक मितिमा बोलपत्र दर्ता भएको कर्मचारीले लिखित रूपमा नै उल्लेख गरेको समितिले जनाएको छ ।

समितिले तत्कालीन कार्यकारी घिमिरेलाई इमेल र फोनमार्फत  जवाफ दिन आग्रह गरे पनि नआएको जनाइएको छ । प्रदेश सरकारले शुक्रवार लुम्बिनी प्रदेश प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा छवि पोखरेललाई नियुक्त गरेको छ । 

५ अर्बको अस्पताल भवन ठेक्कामा अनियमितताको गन्ध, सीमित ठेकेदारलाई लक्षित गरी टेन्डर !

salt training

कमेन्ट गर्नुहोस्