×

NMB BANK
NIC ASIA

ठेक्कापट्टामा झेल

५ अर्बको अस्पताल भवन ठेक्कामा अनियमितताको गन्ध, सीमित ठेकेदारलाई लक्षित गरी टेन्डर !

चैत ९, २०७८

NTC
Premier Steels

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण गर्न सार्वजनिक खरिद ऐन उल्लंघन गरी टेन्डर आह्वान गरिएको छ ।

Muktinath Bank

प्रदेश गौरवको आयोजना अन्तर्गत बन्न लागेको अस्पतालको सुविधासम्पन्न भवनका लागि सीमित कम्पनीले मात्र सहभागी हुन पाउने गरी टेन्डर गरिएपछि आर्थिक अनियमितताको आशंका गरिएको छ । अस्पतालको ब्लक ५ अर्ब रुपैयाँ लागतमा टेन्डर आह्वान गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश पूर्वाधार विकास प्राधिकरण दाङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्तराज घिमिरेले रसुवा कन्सट्रक्सन र शर्मा एण्ड कम्पनीलाई ठेक्का दिलाउने गरी टेन्डर आह्वान गरेका हुन् । रसुवा कन्सट्रक्सनका सञ्चालक नेपाली कांग्रेस रसुवाका सांसद मोहन आचार्य र शर्मा एण्ड कम्पनीका सञ्चालन कांग्रेस निकट निर्माण व्यवसायी रमेश शर्मा हुन् । 


Advertisment
Nabil box
Kumari

अस्पताल निर्माण गर्न गरिएको ठेक्काले आर्थिक चलखेल र अनियमितताको गन्ध बाहिर आएको छ । 

Vianet communication

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले शर्मा र रसुवा कन्सट्रक्सनले मात्र ठेक्का पाउने गरी टेन्डरको सूचना निकालिएको बताए । ‘आह्वान गरिएको टेन्डरमा निर्माण कम्पनीले अस्पताल नै बनाएको हुनुपर्ने, विदेशी निर्माण कम्पनीले एकल टेन्डर हाल्न नपाउने, त्यसमा नेपाली अनिवार्य हुनुपर्ने भनिएको छ,’ सिंहले लोकान्तरसँग भने, ‘जुन सार्वजनिक खरिद ऐन र नियमावलीको ११औं संशोधन विपरीत हो । विदेशी कम्पनीले ठेक्का लिँदा जोइन्ट भेन्चरमा नेपालीलाई यसअघि अनिवार्य गरिएको थिएन, अहिले अनिवार्य गराइएको छ ।’

२ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीका अन्य धेरै भवन/संरचनाको सफल निर्माण गरेका कम्पनीले टेन्डर राख्न समेत नपाउने अवस्था भयो । प्रतिस्पर्धालाई संकुचनमा पारेर राज्यलाई ८० करोड देखि १ अर्ब रुपैयाँसम्म घाटा पुर्‍याएको सिंहको भनाइ छ । रसुवा र शर्माले काठमाडौंको वीर अस्पतालको एउटा ‘ब्लक’ बनाएका थिए ।

दुवै कम्पनीले वीरको भवन चिनियाँ कम्पनीसँग जोइन्ट भेन्चरमा निर्माण गरेको निर्माण व्यवसायीहरू बताउँछन् । त्यही अनुभवका आधारमा मात्रै दुवैले ठेक्का पाउने निश्चितजस्तै भएको छ । शर्माले बुटवलमै एउटा ‘फाइभ स्टार’ होटल निर्माणको काम पनि गरिरहेको छ ।

५ अर्ब रुपैयाँ लागतको भवनका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले सेटिङ मिलाएको निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष टोपबहादुर रायमाझीले लोकान्तरलाई बताए । गत फागुन ८ गते पूर्वाधार प्राधिकरणले टेन्डर आह्वान गरेको थियो । टेन्डरको समय सोमवार सकिएको छ ।

यसअघिको नेकपा एमालेका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारले अस्पताललाई गौरवको योजनाका रूपमा अगाडि बढाउँदै नयाँ भवन बनाउने योजना अगाडि सारेको थियो ।

पूर्वाधार विकास प्राधिकरणका इन्जिनीयर गिरीराज पौडेलले गुणस्तरीय काम होस् भन्ने उद्देश्यले केही मापदण्ड थप गरेर लागू भएको बताए । ‘यो प्रदेशको गौरवको प्रोजेक्ट हो,’ इन्जिनीयर पौडेलले लोकान्तरसँग भने, ‘राम्रो स्किल भएको कम्पनीले काम गरोस् भन्ने हाम्रो मान्यता हो । राम्रो कन्सट्रक्सन बनाउन कडाइ गरिएको हो । जुन अनियमितताको आशंका गरिएको छ, त्यसमा कुनै सत्यता छैन ।’

पौडेलले थपे, ‘सोमवार टेन्डर हाल्ने समयसीमा सकिएको छ । आवेदन परेका टेन्डरहरूलाई खोलेर मूल्यांकन समितिमा पठाइएको छ । टेन्डर कति कम्पनीले हाले भन्ने कुरा अहिले भन्न मिल्दैन ।’

निर्माण व्यवसायी संघले सार्वजनिक खरिद ऐनको बर्खिलापमा गएर गरिएको टेन्डरको विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयमा ध्यानाकर्षण पत्र समेत बुझाएको छ । प्रदेश सरकार परिवर्तनका बेला सांसद खरिद बिक्रीका लागि रकमको जोहो गर्न निर्माण व्यवसायी खोजिएको चर्चा समेत केही महिनाअघि चलेको थियो ।
 
प्राधिकरणले विदेशीसँग जेभी गरेर आउने भए सरकारी अस्पतालमा २ हजार वर्गमिटरभन्दा बढीको २ तले बेसमेन्ट बनाएको अनुभव मागेको छ । यदि नेपाली कम्पनी एक्लै प्रतिस्पर्धा गर्ने भए ६ हजार वर्गमिटरमा २ तले बेसमेन्ट निर्माण गरेको अनुभव मागेको छ । १० जनाभन्दा बढी अट्ने लिफ्ट जडान गरेको योग्यता मागिएको छ । आफूहरूले ध्यानाकर्षण गराएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले अन्य किसिमको अनुभव भएकालाई प्रतिस्पर्धा गर्न नदिइनुको आधार प्राधिकरणसँग मागेको सिंह बताए । 

निजी क्षेत्रका डबल बेसमेन्ट अस्पताल बनाएका कम्पनीलाई बोलपत्रले रोकेको ठहर खरिद अनुगमन कार्यालयले नै गरेको छ । रुपन्देहीका अर्का निर्माण व्यवसायी जीवन कक्षपतिले ठेकेदार कम्पनीको पहुँच बाहिर गएर टेन्डर गर्नु गलत प्रवृत्ति भएको भन्दै त्यसविरुद्ध सबै निर्माण व्यवसायी एक हुनुपर्ने बताए । 

अस्पतालले बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा बहुतले व्यावसायिक भवन बनाउने निर्णय गरे पनि कार्यकारी अधिकृत अनन्त घिमिरेले अस्पताल विकास समितिको समेत सहमति विना भवन बनाउन सूचना सार्वजनिक गरेका थिए । अहिले घिमिरेसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

पश्चिम नेपालकै पुरानो र ठूलो प्रादेशिक अस्पतालको १ वर्षअघि नै गुरुयोजना बनेको थियो । अबको १०० वर्षलाई थेग्ने गरी नयाँ अस्पताल बनाउन थालिएको छ । जसअनुसार अस्पतालको संरचना अर्थात् मुख्य भवन १० तलाको बनाइनेछ । 

अस्पतालको छतमा हेलिप्याड समेत हुनेछ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट डिजाइन गरिएको छ । अस्पतालमा १ हजार २०० बेड बनाइनेछ । प्रादेशिक अस्पताल ११२ वर्ष पुरानो अस्पताल हो । यहाँ अहिले पनि दैनिक १ हजार बिरामीले सेवा लिने गर्छन् ।

पुरानो भवनलाई भत्काएर सोही ठाउँमा नयाँ भवन बन्नेछ । नयाँ अस्पताल बन्ने भएपछि सेक्टर वन कार्यालयको जग्गा पनि अस्पतालको मातहतमा ल्याएको छ । नमूना अस्पतालको रूपमा विकास गर्न व्यावसायिक ७३ वटा सटरहरू भत्काएर अहिले अस्पतालमा पर्खाल लगाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x