३१ असार २०८३, बुधबार

राष्ट्रिय खानेपानी नीति तयार गरिँदै

बैशाख ४, २०७९
राष्ट्रिय खानेपानी नीति तयार गरिँदै

खानेपानी  मन्त्रालयले  राष्ट्रिय  खानेपानी,  सरसफाइ तथा स्वच्छता नीति तयार गर्ने भएको छ ।

मन्त्रालयले तयार गरेको नीतिको मस्यौदाका लागि सुझाव सङ्कलन गरिरहेको छ ।

खानेपानीमन्त्री  उमाकान्त  चौधरीले  सो  नीतिमा विपन्न र पिछडिएका वर्गसम्म शुद्ध, स्वच्छ र  सुरक्षित  पानी  कसरी  पुर्‍याउने  भन्नेबारे  स्पष्ट  व्यवस्था तथा विधि तय गरिने बताए।

उनले सहरी क्षेत्रमा बढ्दै गएको जनघनत्व र जलवायु परिवर्तनबाट खानेपानीका मुहानमा परेको प्रभाव चुनौतीपूर्ण बन्दै गएको बताउँदै भने, “पहाडका मुहान सुक्ने र तराईमा पानीको सतह घट्ने क्रम जारी छ । यसको प्रभावलाई कसरी कम गर्ने भन्नेबारे नीतिले मार्ग निर्देश गर्नेछ ।”

मन्त्री  चौधरीले  खानेपानी  मौलिक  हकका  रूपमा  व्यवस्था  गरिएकाले  न्यूनतम  खपतलाई  निःशुल्क  गर्ने  तयारी  भइरहेको  समेत  जानकारी  दिए   ।  गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्