१६ असार २०८३, मंगलबार

विवेकशील साझाले सार्वजनिक गर्‍यो प्रतिज्ञापत्र

बैशाख ४, २०७९
विवेकशील साझाले सार्वजनिक गर्‍यो प्रतिज्ञापत्र

आसन्न  स्थानीय  तहको  निर्वाचनमा  विवेकशील  साझा  पार्टीको  तर्फबाट  काठमाडौँ  महानगरका  प्रमुख  तथा  उपप्रमुख  पदका  प्रत्याशीहरूले  प्रतिज्ञापत्र  सार्वजनिक गरेका छन् ।

ललितपुर बखुण्डोलस्थित पार्टी मुख्यालयमा शनिबार  आयोजित  पत्रकार  सम्मेलनमा  नगरप्रमुख पदका प्रत्याशी समीक्षा बाँस्कोटा र नगर उपप्रमुख पदका प्रत्यासी कीर्ति तुलाधरले चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरे।

उनीहरूले प्रतिज्ञापत्रमा मुख्य गरी भ्रष्टाचार नियन्त्रण,  सुशासन  र  सेवा  प्रवाह,  सुलभ,  व्यवस्थित,  विद्युतीय  यातायात,  नेवाः  कला–संस्कृतिको  पुनर्जागरण,  खुला  क्षेत्रको  संरक्षण  र  विस्तार,  नदीनालाको  सफाइ  र  पुनस्र्थापना,  सफा  र  व्यवस्थित  काठमाडौँ  र  गुणस्तरीय  शिक्षा,  स्वास्थ्य  र  सामाजिक  सुरक्षालगायतका  विषयमा  व्यापक  विकास  र  तथा  सुधार  गर्ने  प्रतिबद्धता गरे ।

सो अवसरमा पार्टी अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँ   महानगरपालिकामा   यस   पटक   आफ्ना  पार्टीको  तर्फबाट  उम्मेदवारी  दिएका  प्रत्याशीहरूलाई विजयी गराई सेवाको मौका दिन आग्रह गरे ।  गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्