१९ असार २०८३, शुक्रबार

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  रही  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। यस्तै पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यस्तै राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पनि महाशाखाले जनाएको छ।  

salt training

कमेन्ट गर्नुहोस्