लस एन्जेलस, २८ असार - एकजना अमेरिकी सैनिकले आतङ्ककारी संगठन,आइएसलाई सहयोग गरेको पाइएपछि उनलाई सोमबार पक्राउ गरिएको छ ।

अमेरिकी सुरक्षा अनुसन्धान निकाय, एफबिआइले सो जानकारी दिएको छ । उक्त निकायले दिएको जानकारी अनुसार अमेरिकी सेनामा कार्यरत ३४ वर्षीय अधिकारी इकाइका एरिक काङले आइएसलाई सहयोग गरेको पाइएको एफबिआइले जनाएको छ ।
उनी हवाइमा पक्राउ परेका हुन् । उनले आइएसलाई आवश्यक सैनिक सामग्री सहयोग गर्नुका साथै तालिम समेत दिने गरेको प्रमाण भेटिएको सेनाले अमेरिकी सेनाले जनाएको छ ।