
नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा आगामी १२ गतेदेखि लिन लागेको अन्तर्वार्ता कार्यक्रम स्थगित गरेको छ ।
प्राधिकरणले शुक्रवार खुला तथा आन्तरिक प्रतियोगिता अन्तर्गत तोकिएको अन्तर्वार्ताको कार्यक्रम स्थगित गरेको हो ।
निर्वाचन आचारसंहिताका कारण अन्तर्वार्ता परीक्षा कार्यक्रम स्थगित गरिएको प्राधिकरणले जनाएको छ ।