
बेलायतले रुसको गाजप्रोमबैंकमाथि प्रतिबन्ध लगाएको भए पनि उक्त बैंकमा रकम भुक्तानी गरिरहन अनुमति दिएको छ ।
लन्डनमा रहेको अफिस अफ फाइनान्सियल स्यांक्सन्स इम्प्लिमेन्टेसनले बिहीवार प्रतिबन्धमा छुटको घोषणा गेको हो । युरोपेली संघलाई ग्यास उपलब्ध गराइरहनका लागि यो छुट दिइएको उसले बतायो । तर यस्तो अनुमतिको म्याद मे ३१ मा गुज्रिने पनि उसको भनाइ छ ।
गाजप्रोमबैंक र उसअन्तर्गतका कम्पनीहरूसँग पहिले नै गरेका सम्झौतामा यस्तो अनुमति लागू गरिने र यसले बैंक खाता खोलन वा बन्द गर्न अनुमति दिने उल्लेख गरिएको छ । तर ईयूलाई ग्यासको प्रवाह कायम राख्नका लागि मात्र यस्तो छुट दिलाइएको हो ।
युक्रेनमाथि रुसले गरेको आक्रमणपछि बेलायत सरकारले गाजप्रोमबैंक तथा एक दर्जन अन्य रुसी बैंकमाथि प्रतिबन्ध लगाएको थियो ।