३१ असार २०८३, बुधबार

अब ३ महिना पूरा भएपछि कोरोना विरुद्धको बुस्टर खोप लगाउन मिल्ने

अब ३ महिना पूरा भएपछि कोरोना विरुद्धको बुस्टर खोप लगाउन मिल्ने
प्रतिकात्मक तस्वीर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ३ महिना पूरा भएपछि पुनः बुस्टर खोप लगाउने भएको छ । 

यसअघि पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई मात्र बुस्टर खोप लगाउने मिल्ने भए तापनि अबदेखि पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा गरेकालाई बुस्टर खोप दिन थालिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

पछिल्लो अध्ययनले पूर्ण खोप लगाइएको ३ महिना पूरा भएकालाई पनि बुस्टर खोप लगाउने मिल्ने देखिएको हो । मन्त्रालयले १८ वर्षदेखि माथिका उमेर समूहलाई पूर्ण खोप लगाएको ३ महिना पूरा भएकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्