
नेपाल प्रहरीका हालै बढुवा भएका ४ डीआईजीहरुको पदस्थापना भएको छ । गृह मन्त्रालयले शुक्रबारको निर्णयानुसार ४ डीआईजीहरुको पदस्थापन गरेको हो । पदस्थापन भइ जिम्मेवारी पाउनेहरुमा डीआईजीहरु नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी र मसाउद आलम खाँ रहेका छन् ।
यस्तै नेपाल प्रहरीका ५ डीआईजीको सरुवा पनि भएको छ । प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीस्तरको बैठकअनुसार डीआईजीहरु मुकुन्दराज आचार्य, पूजा सिंह, पुरुषोत्तम कँडेल, उमेश रञ्जितकार र प्रकाशजंग कार्कीको सरुवा गरिएको जनाएको छ ।
सूचना हेर्नुहोस्ः


