२५ जेठ २०८३, सोमबार

मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

बैशाख १०, २०७९
मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा शनिवार २ मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अविनारायण काफलले जानकारी दिए ।

सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकआपसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्