
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदरावादले जीत निकालेको छ ।
मुम्बईमा शनिबार राति भएको खेलमा हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले हराएको हो ।
बैंगलोरले दिएको ६९ रनको सामान्य लक्ष्य हैदरावादले ८ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।
यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले १६ ओभर १ बलमा अलआउट हुँदै ६८ रन बनाएको थियो ।
जीतसँगै हैदरावादले ७ खेलमा १० अंक जोडेको छ ।
हैदरावाद अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
बैंगलोरले ८ खेलमा १० अंक जोडेको छ ।
बैंगलोर चौंथो स्थानमा झरेको छ ।