२२ असार २०८३, सोमबार

कस्तो रहला आज दिनभरको मौसम ?

बैशाख ११, २०७९
कस्तो रहला आज दिनभरको मौसम ?

 हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
जसका कारण आइतबार बिहान  देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

 यस्तै दिउँसो पहाडी भूभागमा आंशिक बदली  रही  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १ को पहाडी भूभागका  एक दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। 

यस्तै राति पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी  प्रदेशको  एक वा दुई स्थानमा मेघ गर्जनसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्