०३ असार २०८३, बुधबार

बाइडनले फेरि देखाए अनौठो हर्कत, हावामा मिलाए हात (भिडियो)

बैशाख ११, २०७९
बाइडनले फेरि देखाए अनौठो हर्कत, हावामा मिलाए हात (भिडियो)

अमेरिकाका राष्ट्रपति जो बाइडनले शनिवार नर्थ क्यारोलाइनामा सम्बोधन सकेपछि हावासँग हात मिलाएका छन् । 

भाषण सकिएर मञ्चबाट निस्कँदै गर्दा उनले दुईपटक हात अघि बढाए तर उनको पछाडि मञ्चमा कोही पनि थिएन । 

आश्चर्यमा परेका बाइडनले यताउति हेरेको अनि मञ्च छोडेको भिडियो सार्वजनिक भएको छ । 

बाइडनको वार्धक्यका कारण हुने गरेका यस्ता गतिविधिलाई विपक्षी रिपब्लिकनहरूले मजाकमा उडाएका छन् । 

केही दिनअघि पनि बाइडनले यसै गरी हावासँग हात मिलाएका थिए । 
 

जो बाइडनले हावासँग मिलाए हात (भिडियो)

salt training

कमेन्ट गर्नुहोस्