
नेपाली कांग्रेस बकैया कार्यसमितिले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन नगर्ने घोषणा गरेको छ ।
आइतवार हेटौंडास्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस बकैयाले ५ दलीय गठबन्धन तोडेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस बकैयाका सभापति दिलबहादुर बोम्जन लामाले कार्यसमिति र १२ वटै वडा सभापतिको सामूहिक निर्णयबाट गठबन्धनमा रहेका दलहरू र अन्य दलहरूसँग मित्रवत् चुनावी प्रतिस्पर्धामा जाने निर्णय गरेको बताए ।