
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार दिउँसो विशेष कार्यक्रमबीच पार्टीको घोषणा पत्र सार्वजनिक गरिएको हो ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा घोषणा पत्र सार्वजनिक गरे ।
कांग्रेसको संकल्प नाम दिइएको घोषणापत्रको सारांश महामन्त्री गगन थापाले प्रस्तुत गरेका छन् ।