२० असार २०८३, शनिबार

रेसुङ्गामा कांग्रेसबाट खिलध्वज पन्थी उम्मेदवार

बैशाख ११, २०७९
रेसुङ्गामा कांग्रेसबाट खिलध्वज पन्थी उम्मेदवार

नेपाली कांग्रेसले गुल्मी रेसुङ्गा नगरपालिकाको प्रमुखमा खिलध्वज पन्थीलाई उम्मेदवार बनाएको छ ।

कांग्रेस गुल्मीका सभापति समेत रहेका पन्थी नगरपालिकाको प्रमुख पदमा गठबन्धनबाट उमेदवार बनेका हुन् । गएको निर्वाचनमा रेसुङ्गा नगरपालिकामा एमालेले जितेको थियो ।  

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुखमा सभापति पन्थीलाई नेपाली काँग्रेस लुम्बिनी प्रदेशले उम्मेदवार बनाएर पठाएको हो । 

पन्थी रेसुङ्गा नगरपालिका–६, भुवनपानीका बासिन्दा हुन् ।

४६ वर्षीय पन्थी २०४६ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीति गर्दै आएका छन् । साढे ८ वर्षसम्म नेपाल तरूण दलको जिल्ला अध्यक्ष भएका पन्थी यसअघिको जिल्ला अधिवेशनमा सभापतिमा विजय भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्